6 months ago
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले शुक्रवार जर्सी सार्वजनिक गरेको छ।
पूर्व उप प्रधानमन्त्री पूर्ण बहादुर खड्का र फेस अफ दी कर्णाली अभिनेत्री स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरे। सोही कार्यक्रममा मार्की खेलाडी सोमपाल कामीले आफ्नो नाम अंकित जर्सी पनि सार्वजनिक गरे।
कार्यक्रममा कर्णाली याक्सका निर्देशक तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल तथा टिमका खेलाडीहरूको पनि उपस्थिति रहेको थियो।
नेपाल क्रिकेट संघ क्यान (क्यान) का सचिव पारस खड्काले यो पटकको एनपिएलमा सहभागी ८ मध्ये जुन टोली उपाधिले जितेपनि सो जित नेपाली क्रिकेटको हुने बताए।
साथै खड्काले यो पटक काठमाडौँमा नै लिग केन्द्रित रहेपनि भविष्यमा काठमाडौँ बाहिरको मैदानमा पनि खेल्ने सक्ने वातावरण बनाउने बताए।
मार्की खेलाडी बनेपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी भएका सोमपालले पछिल्लो समय २ हजार म्याच फीमा खेल्ने समय रहेको स्मरण गर्दै अहिलेको लिगको पारिश्रमिक २० लाख पुग्नुलाई उपलब्धिको रूपमा लिएको बताए।
उनले क्यानले पहिलो पटक आफैले आयोजना गर्न लागेको एनपिएलले नेपाली क्रिकेटको उचाई बढ्ने पनि विश्वास गरे।
एनपिएलका लागि कर्णाली याक्सले ‘ए’ श्रेणीका गुलशन झा, देव खनाल र नन्दन यादवलाई अक्सनमार्फत भित्राएको थियो। यसैगरी ‘बी’ श्रेणीबाट अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल र भुवन कार्की टिममा समावेश गरेको थियो। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रेलाई भित्राएको थियो।
कर्णालीले विदेशी ३ खेलाडी पनि अनुबन्ध गरिसकेको छ। वेष्ट इन्डिजका चादविक एन्टोनी, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्धित गरेको हो। एनपिएल मंसिर १६ गतेदेखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।