default_image

6 months ago

November 8, 2024

पाकिस्तानले अस्ट्रेलिया हरायो

917 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अस्ट्रेलिया पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ ।

३ ओडिआई सिरिजमा पाहुना टोलीले १-१ को बराबरी गरेको छ । १ सय ६४ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा सयम अयुब र अब्दुल्लाह सफिकले अर्धशतक प्रहार गरेका थिए । ओडिआई करियरको पहिलो अर्धशतक बनाएका अयुबले ७१ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रन बनाए ।

अब्दुललाहले ६९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा नट आउट ६४ तथा बाबर अजामले २० बलमा नट आउट २० रन जोडे ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि एडिलेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ३५ ओभरमा अल आउट हुँदै १ सय ६३ रनमा समेटियो । अस्ट्रेलियाका लागि स्टेभन स्मिथले ४८ बलमा ३५, माथ्यु शर्टले १५ बलमा १९, जोस इङ्ग्लिसले १८ तथा ग्लेन म्याक्सवेलले १६ रन जोडेका थिए ।

पाकिस्तानका लागि हरिस रउफले ८ ओभरमा २९ रन खर्चिएर ५ विकेट लिए । शाहिन शाह अफ्रिदीको नाममा ३ तथा नसिम शाह र मोहम्मद हसैनको नाममा समान १ विकेट लिए ।

सोमवार भएको पहिलो ओडिआईमा घरेलु टोलीले २ विकेटको जित हात पारेको थियो । दुई देशबीचको तेस्रो तथा निर्णायक ओडिआई आइतवार हुनेछ ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.