default_image

6 months ago

November 8, 2024

पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

1259 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले बिहीवार कार्यक्रम गर्दै गण्डकी गीत सार्वजनिक गरेको छ ।

सोही अवसरमा टोलीका कन्सल्ट्यान्ट एन्ड एडभाइजर दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सलाई स्वागत गरिएको थियो।

मंगलवार लोमान्थाङमा पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको भिडियो कार्यक्रम प्रस्तुत गरिएको थियो।

टोलीका मालिक सुवोध त्रिपाठीले ग्लोबल वार्मिङले पार्ने असरका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ लोमान्थाङमा जर्सी सार्वजनिक गरिएको बताइएका थिए ।

जोन्टीको सहभागितामा पोखरामा बिहीवार बिहान र्यालीको आयोजना गरिएको थियो। त्यहाँ स्वतस्फूर्त उपस्थिति रहेको त त्यसले पोखरामा क्रिकेटको लोकप्रियता बढ्ने सम्भावना देखिएको त्रिपाठीले बताएका थिए।

जोन्टीले नेपाली क्रिकेट उचाई तर्फ अघि बढिरहेको बताएका थिए । उनले भने, ‘ नेपालको क्रिकेट माहोलबाट आफू उत्साहित रहेको र एनपिएलको सुरुवातका लागि प्रतिक्षारत रहेकोछु ।

पोखरा एभेन्जर्सका सहायक प्रशिक्षक रिजन पारु गण्डकी गीत र ब्रान्ड एम्बेसडर सन्दीप क्षेत्रीले पोखरा एभेन्जर्सको गीत सार्वजनिक गरेका थिए।

पोखरा एभेन्जर्ससँग जोडिन पाउँदा खुसी लागेको क्षेत्रीले बताए । कार्यक्रममा टोली मार्की खेलाडी कुशल भुर्तेलसहित अन्य खेलाडी प्रस्तुत भएका थिए।

पोखरा एभेन्जर्स टिम

कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्र्देश गौस, बास डि लिडे, एन्डरसन फिलिप र म्याट क्रिचली

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.