2 weeks ago
November 7, 2024
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध युएई ७८ रनमा नै अल आउट भएको छ ।
ओमानमा जारी सिरिजमा घरेलु टोलीविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २५.३ ओभरमा अलआउट भएर ६८ रनको योगफल तयार गर्न सक्यो ।
युएईका लागि अलि नासिरले सर्वाधिक २१ तथा मोहम्मद वासिम र जुनैद सिद्धिकीले समान १३ रन जोडे । बासिल हमिदले १२, वृत्य अरबिन्दले ११ रन जोड्दा ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् ।
ओमानका लागि सकिल अहमदले १० ओभरमा २३ रन खर्चिएर ५ विकेट लिए । जय ओडेरले २ तथा समय श्रीवास्तव र मुजाहिर राजाले समान १ विकेट लिए ।
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – भारतीय क्रिकेटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । सन् २०२५ को आईपीएलका लागि जारी अक्शनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा (४३ करोड २० लाख नेपाली रुपैयाँमा) टोलीमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका रिषभको न्यूनतम मूल्य २ करोड भारु […]
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतवार प्रतियोगिताको दोस्रो खेलमा नेपाली टोली बंगलादेशसँग ६७ रनले पराजित भएको हो । बंगलादेशले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १ सय १२ रन मात्र बनायो । नेपालका लागि भरत थापाले ३१ तथा […]