default_image

6 months ago

November 7, 2024

नेपालको लगातार दोस्रो जित

2808 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गर्यो । नेपालले पहिलो खेलमा बुधवार थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।

१ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अल आउट हुँदै २२ रनमा समेटियो । कुवेतका लागि ओपनर जिफाले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालकी रचना चौधरी र सिमाना केसीले समान २ तथा कप्तान पुजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १ विकेट लिए ।

अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार गरेको थियो ।

कप्तान पुजाले ३८ बलमा ४ चौकाको सहयोगमा ३४, ओपनर साना प्रविनले १८ बलमा ५ चौकाको सहयोगमा २५ तथा ज्योत्सिका मरासिनीले १८ बलमा २३ रन जोडिन् ।

अलिशाकुमारी यादवले १० बलमा १५ तथा सोनी पाख्रिन र सावित्री धामीले समान ६ रन बनाए । कुवेतका लागि अयशा एकवालले २ तथा जिफ जिलानी र अमिशा रामले समान १ विकेट लिए ।

कुवेत लगातार दोस्रो खेलमा पराजित भएको छ। कुवेत पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनले हारेको थियो ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ ।

तेस्रो खेलमा कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।

पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ।

छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.