default_image

6 months ago

November 7, 2024

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

1570 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली करिब दुई महिनाको क्यानडा र अमेरिका भ्रमण पछि बिहीवार स्वदेश फर्किएको छ ।

क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधीकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अमेरिका र क्यानडामा रहँदा नेपालले २ वटा त्रिकोणात्मक ओडिआई सिरिज, एक त्रिकोणात्मक टि ट्वान्टी सिरिज तथा अमेरिकासँग ३ टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

भदौ २५ गते क्यानडा गएको नेपालले त्यहाँ ओमान र घरेलु टोलीसँग लिग टु अन्तर्गतको ओडिआई सिरिज खेलको थियो । ओडिआई सिरिजको ३ खेलमा पराजित नेपालले १ खेल रद्द भएको थियो ।

नेपाल त्यसपछि भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा दोस्रो भएको थियो । क्यानडा भ्रमण सकाएर नेपाल अमेरिका गएको थियो । त्यहाँ नेपालले अमेरिकाकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

त्यसपछि घरेलु टोली र स्कटल्याण्डसँग भएको त्रिकोणात्मक ओडिआई सिरिजमा २ मा पराजित नेपाल १ जित र १ खेल रद्द हुँदा ३ अंक पाउन सफल भयो ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.