6 months ago
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको दोस्रो खेलमा कुवेतविरुद्ध नेपालले टस जितेको छ ।
युएईको अजमानमा नेपालका कप्तान पुजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपालले पहिलो खेलमा बुधवार थाइल्याण्डलाई ६७ रनले हराएको थियो।
नेपालको प्लेईङ-११
पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कृष्मा गुरुङ, मनिशा उपाध्याय, रचना चौधरी, रिया शर्मा, सावित्री धामी, साना प्रविन र सिमाना केसी
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।