4 months ago
November 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी यु १९ महिला विश्व कपको एसिया क्षेत्र छनोटमा थाइल्यान्डविरुद्धको खेलमा नेपालकी कप्तान पुजा महतो प्लेयर अफ द म्याच घोषित भएकी छिन् ।
थाइल्यान्डलाई बुधवार ६७ रनले पराजित गर्दै नेपाललाई सुखद सुरुवात गराउन अलराउन्डर प्रदर्शन गरेकी पुजाले प्लेयर अफ द म्याच अवार्ड पाएकी हुन् ।
पुजाले थाइल्यान्डविरुद्ध ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाएकी थिइन् । पुजाले बलिङ तर्फ भने ३ ओभरमा १५ डट राख्दै ३ रन खर्चिएर २ विकेट लिएकी थिइन् ।
१ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भएको थियो । थाइल्यान्डका ओपनर तथा कप्तान अफिसाराले १३ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेपालकी रचना चौधरीले ४, कप्तान पुजा र रिया शर्माले समान २ तथा मनिषा उपाध्याय र कृष्मा गुरुङले समान १ विकेट लिए ।
त्यसअघि युएईको अजमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार गर्यो ।
नेपालकी कप्तान पुजाले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५, सोनी पाख्रिनले २५ बलमा १९ तथा सिमाना केसीले १९ बलमा नट आउट १९ रन जोडेकी थिइन् । थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् ।
कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्यान्डको सहभागिता छ ।
नेपालले दोस्रो खेलमा बिहीवार कुवेतसॅंग खेल्नेछ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।
पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ ।
४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]