4 months ago
November 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कलाकार स्वस्तिमा खड्कालाई फेस अफ कर्णाली याक्सका रुपमा प्रस्तुत गरिएको छ ।
राजधानीमा बुधवार आयोजित कार्यक्रममा स्वस्तिमाले फेस अफ कर्णाली याक्सको रुपमा जोडिन पाउनुलाई सम्मानको रुपमा लिएको बताइन् । उनले समय क्रमसँगै खेलकुदलाई हेर्ने बुझाईमा फरक आएको जानकारी दिइन् ।
स्वस्तिमाले राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को बारेमा फ्रान्सेली नागरिकले तयार पारेको डकुमेन्ट्रीबाट आफूले खेलकुदको व्यापकतालाई अझै गहिरोसँग बुझेको प्रसंग उल्लेख गरिन् ।
‘त्यो डकुमेन्ट्रीमा फ्रान्सेली क्लबका प्रशिक्षकले साम्बाको आगमनपछि सामाजिक सन्जालमार्फत नेपाली भाषामा पनि लेखिन्छ भन्ने थाहा पाएको बताएपछि खेलकुदको माध्यमबाट विश्वव्यापी रुपमा त्यसले पार्ने सक्ने प्रभावका बारेमा बुझ्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘त्यसैले पनि मैले कर्णाली याक्सको प्रस्तावलाई एकै पटकमा स्वीकार गरेकी हुँ।’
खेलकुदको समर्थक हुनका लागि प्राविधिक रुपमा जानकार नै हुनु नपर्ने आफूले समयक्रममा बुझेको पनि स्वस्तिमाले बताइन् ।
जुम्लाको अगल सम्यता, सस्कृति र पहिचानबाट आफू सधै प्रभावित रहेको जनाउँदै उनले मौकाका लागि कर्णाली याक्सलाई धन्यवाद दिइन् ।
कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले स्वस्तिमालाई कर्णाली याक्सको हिस्सा भएकोमा स्वागत गर्दै धन्यवाद दिए।
कार्यक्रममा सुजन खनालको शब्द, संगित र स्वरमा तयार पारिएको कर्णाली याक्सको एन्थम संग पनि सार्वजनिक गरिएको थियो। कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल र सह मालिक गेहेन्द्र घिमिरेको उपस्थिति थियो।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली सहित ८ टोलीको सहभागिता छ।
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]