2 months ago
November 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा सुरु हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ ।
नेपाल र थाइल्याण्डबीचको खेल युएईमा नेपाली समय अनुसार बुधवार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।
कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ ।
नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसॅंग खेल्नेछ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।
पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
नेपाली टोली
सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी
December 26, 2024
सुनिल गाउँले, सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठै जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ । जनकपुरले बिहीवार फेसबुक पेज मार्फत ‘ट्रफी परेड’ को जानकारी दिएको हो । शुक्रवार सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिवार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ […]
December 26, 2024
सुनिल गाउँले,सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्सका आसिफ शेख र दोस्रो भएको सुदूरपश्चिम रोयल्सका आरिफ शेखलाई बिहीवार सम्मान गरिएको छ । वीरगन्ज महानगरपालिका १० को कार्यालयले जनही ५१ हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । वीरगन्जका आशिफ र आरिफ दाजुभाइ हुन् । सम्मान कार्यक्रममा वडाध्यक्ष सुशीलकुमार कानुले एनपिएलमा उत्कृष्ट प्रदर्शन […]
December 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करणमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टिमको सहभागीता रहनेछ । राष्ट्रिय […]