4 months ago
November 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेश श्रेष्ठ स्मृती यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुने भएको छ ।
बुधवार विराटनगरमा रहेको गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा साबिक विजेता सुदूरपश्चिम र लुम्बिनीबीचको फाइनल खेल बिहान ९ बजेबाट सुरु हुनेछ । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ७ टोलीको सहभागीता रहेको थियो । लिग चरणको खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको लुम्बिनीले फाइनलमा स्थान बनाएका हुन् ।
सन् २०२२ मा भएको अघिल्लो संस्करणमा लुम्बिनी र सुदूरपश्चिमले नै फाइनल खेलेकामा सुदूरपश्चिम च्याम्पियन भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिम र लुम्बिनीले समान ५ खेलमा जित हासिल गरेका थिए । सुदूरपश्चिम प्रतियोगिताको पहिलो खेलमा पराजित भएको थियो । सुदूरपश्चिमले पछिल्लो ५ खेलमा लगातार जितका साथ फाइनलमा स्थान बनाएको हो ।
सुदूरपश्चिम प्रदेश लिग चरणको पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । लिग चरणमा लुम्बिनीले सुदूरपश्चिममाथि ४१ रनको जित हात पारेको थियो ।
लिग चरणको सुरुवाती पाँच खेलमा लगातार जित हात पारेको लुम्बिनी मंगलवार भएको लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग पराजित भयो । कार्तिक १० बाट सुरु यस प्रतियोगितामा ७ प्रदेशको सहभागीता रहेको थियो ।
कुन प्रदेश कति औं स्थानमा रहे
-गण्डकी प्रदेश : तेस्रो स्थान
-मधेश प्रदेश : चौथो स्थान
-बागमती प्रदेश : पाँचौं स्थान
-कर्णाली प्रदेश : छैठौं स्थान
-कोशी प्रदेश : सातौं स्थान
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]