4 months ago
November 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – इङ्ग्ल्याण्डका क्रिकेटर सन एस्किनाजी पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) का लागि काठमाडौं गुर्खाजमा अनुबन्ध भएका छन् ।
काठमाडौंले तेस्रो विदेशी खेलाडीको रुपमा विकेटकिपर ब्याटर एस्किनाजीलाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ ।
काठमाडौंले पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका विस्फोटक ब्याटर माइकल लेभिट र दोस्रो विदेशी खेलाडीको रुपमा नामिबिया क्रिकेट टिमका कप्तान जेहार्ड एरास्मसलाई अनुबन्ध गरेको थियो ।
३० वर्षिय विकेटकिपर ब्याटर एस्किनाजीले १ सय १० टि ट्वान्टी खेलमा ३ हजार १ सय ५ रन बनाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेको काठमाडौंमा वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :
पोखरा एभेन्जर्स – अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे, वेस्ट इन्डिजका एन्डसन फिलिप र इङ्ग्ल्यान्डका म्याट क्रिचली
कर्णाली याक्स – पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चालडिक वाल्टन
सुदूरपश्चिम रोयल्स – स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इङ्ल्यान्डका सेफ जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्ताफा
लुम्बिनी लायन्स – इङ्ग्ल्यान्डका टोम मुर्स र अस्ट्रेलियाका बेन कटिङ
काठमाडौं गुर्खाज – नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरास्मस
विराटनगर किंग्स – ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन, स्कटल्याण्डका क्रिस सोल र न्युजिल्यान्डका मार्टीन गप्टिल
जनकपुर बोल्ट्स – न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन र अमेरिकाका लाहिरु मिलन्था
चितवन राइनोज – मार्चन्ट डे लांग, इङ्ग्ल्यान्ड ल्यूक मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जान लिफ्टी इटन र अफगानिस्तानका हसन इसाखिल
काठमाडौं गुखार्जको टिम
करण केसी, दिपेश कडेल, सुमित महर्जन, साहव आलम, शंकर राना, भीम सार्की, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, राशिद खान, कृष्ण कार्की, माईकल लेभिट, जेरार्ड एरास्मस र सन एस्किनाजी
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]