default_image

4 months ago

November 5, 2024

लिग टु – ओमानद्वारा नेदरल्यान्ड्स पराजित

2053 views

0 Bookmark

एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको ओडिआई सिरिजमा ओमानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

मंगलवार ओमानको मस्कटमा सम्पन्न खेलमा घरेलु टोलीले नेदरल्यान्ड्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । आफ्नो ओडिआई इतिहासमा पहिलो पटक नेदरल्यान्ड्समाथि ओमानले जित हात पारेको हो ।

नेदरल्यान्ड्सले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य ओमानले ३४.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले ९५ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ५८ रन जोडे । अशिष ओडेराले ५७ बलमा २७, वासिम अलिले ४१ बलमा नट आउट २४ तथा हमिद मिर्जाले नट आउछ ८ रन जोडे । नेदरल्यान्ड्सका लागि आर्यन दत्त र रोलोफ भान डर मिर्वेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४०.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाएको थियो । नेदरल्यान्ड्सका लागि बास डि लिडेले ८९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५१, नोह क्रसले ४३ बलमा २९ तथा टिम भान डर गुग्टेनले १२ रन जोडे ।

नेदरल्यान्ड्सका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओमानका लागि शकिल अहमदले ४ तथा अमिर कलिम र समय श्रीवास्तवले समान २ विकेट लिए ।

८ राष्ट्रको सहभागीता रहेको लिगमा जितसँगै ओमान १० खेलमा १० अंकका साथ छैठौं स्थानमा छ । नेदरल्यान्ड्स भने समान खेलमा १२ अंकका साथ चौथो स्थानमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

२०२७ सम्म चल्ने लिगमा शीर्ष ४ देश ओडिआई विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउँने छन् । बाँकी ४ देशले ग्लोबल छनोटमा स्थान बनाउँन प्लेअफ खेल्नु पर्ने हुन्छ ।

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

Success

Thank you for your time.