4 months ago
November 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले नामिबियाका अलराउन्डर जान लिफ्टी इटन चितवन राइनोजले अनुबन्ध गरेको छ ।
टोलीका चौथो विदेशी खेलाडी रुपमा चितवनले इटनलाई अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जानकारी गराएको छ ।
चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांग तथा दोस्रो विदेशी खेलाडीका रुपमा इङ्ग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको थियो । चितवनले तेस्रो विदेशी खेलाडीका रुपमा अफगानिस्तानका हसन इसाखिललाई अनुबन्ध गरेको थियो ।
२३ बर्षिय इटनले केही समय अघि टियु मैदानमा सबैभन्दा कम बलमा शतक बनाएका थिए । तत्कालिन समयमा टि ट्वान्टी आईमा सबैभन्दा कम बलमा शतक बनाएका नेपालका कुशल मल्ल को कीर्तिमान तोडेका थिए । पहिलो संस्करणको एनपिएलमा कुशल मार्की खेलाडी भएको चितवनमा नै इटन अनुबन्ध भएका हुन् ।
चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । एनपिएलमा ८ टिमको सहभागिता रहेको छ । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :
पोखरा एभेन्जर्स – अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप र म्याट क्रिचली
कर्णाली याक्स – पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चालडिक वाल्टन
सुदूरपश्चिम रोयल्स – स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन, इङ्ल्यान्डका सेफ जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्ताफा
लुम्बिनी लायन्स – इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टोम मुर्स र अस्ट्रेलियाका बेन कटिङ
काठमाडौं गुर्खाज – नेदरल्यान्ड्स ब्याटर माइकल लेभिट र नामिबियाका जेहार्ड एरास्मस
विराटनगर किंग्स – ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन र न्युजिल्यान्डका मार्टीन गप्टिल
जनकपुर बोल्ट्स – न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन र अमेरिकाका लाहिरु मिलन्था
चितवन राइनोज – मार्चन्ट डे लांग, इङ्ग्ल्यान्ड अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइन र अफगानिस्तानका हसन इसाखिल
चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, मार्चन्ट डे लांग, हसन इसाखिल र जान निकोल लेफ्टी इटन
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]