default_image

4 months ago

November 5, 2024

मुस्ताफा सुदूरपश्चिममा अनुबन्ध

1766 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युएईका अलरान्डर रोहन मुस्ताफा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

सुदूरपश्चिमले चौथो विदेशी खेलाडीको रुपमा मुस्ताफालाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ । तेस्रो विदेशी खेलाडीको रुपमा सुदूरपश्चिमले न्युजिल्याण्डका तीव्रगतिका बलर स्कट कुगेलेइनलाई अनुबन्ध गरेको थियो ।

३६ वर्षिय मुस्ताफाले हालसम्म युएईका लागि ८१ ओडिआई र ५८ टि ट्वान्टी आईमा १ सय ४६ विकेट तथा २ हजार ५ सय १० रन बनाएका छन् । मुस्ताफाले यसअघि नेपालमा भएका विभिन्न फ्रेन्चाइजी लिगको अनुभव लिई सकेका छन् ।

एनपिएलमा ८ टिमको सहभागीता रहेको छ । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।

विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन्

पोखरा एभेन्लेजर्स – अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप र म्याट क्रिचली

कर्णाली याक्स – पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चालडिक वाल्टन

सुदूरपश्चिम रोयल्स – स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन, इङ्ल्यान्डका सेफ जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन

लुम्बिनी लायन्स – इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टोम मुर्स र अस्ट्रेलियाका बेन कटिङ

काठमाडौं गुर्खाज – नेदरल्यान्ड्स ब्याटर माइकल लेभिट र नामिबियाका जेहार्ड एरास्मस

विराटनगर किंग्स – ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन र न्युजिल्यान्डका मार्टीन गप्टिल

जनकपुर बोल्ट्स – न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन र अमेरिकाका लाहिरु मिलन्था

चितवन राइनोज – मार्चन्ट डे लांग, इङ्ग्ल्यान्ड अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइन र अफगानिस्तानका हसन इसाखिल

सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ।

टोलीको‌ मार्की खेलाडीमा दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।

सुदूरपश्चिम रोयल्सको टोली – दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ जेब, स्कट कुगेलेइन र रोहन मुस्ताफा

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

Success

Thank you for your time.