2 weeks ago
November 5, 2024
डालस (हाम्रो खेलकुद) – आधिहुरीको सम्भावनासँगै आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।
राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावनाछ । जसको कारण खेल स्थगित भएको हो । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।
नेपाल १२ खेलमा २ मा जित, ८ मा हार र २ खेल रद्द हुँदा ६ अंकका साथ सातौं स्थानमा छ । नेपालले अव लिग २ मा २०२५
मे मा स्कटल्यान्डमा गएर खेल्नेछ । उक्त सिरिजमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
November 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेल तालिका सार्वजनिक गरिसकेको छ । उद्घाटन खेल मंसिर १५ गते विराटनगर किङ्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । लिग चरणका खेल मंसिर ३० गते सम्म हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ । लिग चरणका खेल १६ दिनमा सकिनेछ । […]
November 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को फ्रेन्चाइजी चितवन राइनोजले टोलीको जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेको छ । सोमवार चितवनले एक कार्यक्रमका बीच टोलीको जर्सी, एन्थम र मस्कट सार्वजनिक गरेको हो । चितवनका मार्की खेलाडी कुशल मल्ल तथा भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालले जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेका हुन् । चितवनको मस्कटमा […]
November 18, 2024
जनकपुर (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमवार साँझ जर्सी अनावरण गरे। मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख […]