default_image

4 months ago

November 5, 2024

आधिहुरीको चेतावनीसँगै नेपाल र स्कटल्यान्डबीचको खेल रद्द हुने सम्भावना

562 views

0 Bookmark

डालस, (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द हुने सम्भावना धेरै बढेको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावनाछ । जसको कारण खेल रोकिएको छ । दिउँसो ४ बजेसम्म जोखिम समय हुँदा खेल हुने सम्भावना निकै कम देखिन्छ । ।

आधीहुरी डरपछि दुबै टोलीका खेलाडी डग आउटमा छैनन् । सुरक्षालाई ध्यानमा राख्दै रंगशाला भित्र गएका छन् । त्यसपछि पुनः खेल हुने सम्भावना कम छ । कट अफ टाइम अमेरिकी समय अनुसार दिउँसो ४ : ६ हुँदा १-१ अंक बाँड्ने सम्भावना धेरै छ ।

हाल भने मैदानमा आधिहुरी भने आएको छैन । त्यस्तै असिना पानीको पनि सम्भावना छ । पिच कभरले ढाकिएको छ । मैदानमा कर्माचारी पनि छैनन् । बिहान सामान्य वर्षाको कारण एक ओभरपछि दुई घण्टा ढिलो भएको थियो । खेल ७(७ ओभर घटाएर पुन : सुरु गरेपनि आधिहुरीको चेतावनीपछि खेल नै रोकिएको हो ।

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

Success

Thank you for your time.