4 months ago
November 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डसँग विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेलमा नेपाली टोलीमा २ परिवर्तन भएको छ ।
शनिवार अमेरिकासँग खेलेको नेपाली टिममा रहेका करण केसी र कुशल मल्ल बेन्चमा रहँदा रिजन ढकाल र ललितनारायण राजवंशीले मौका पाएका छन् ।
करण सिरिजबाट बाहिरिएका कारण आज खेलिरहेका छैनन् । उनको स्थानमा रिजनले तथा कुशलको स्थानमा स्पिनर ललितनारायण राजवंशीले टिममा स्थान बनाएका हुन् ।
स्कटल्याण्डविरुद्ध टस हारेको नेपाल पहिले ब्याटिङ गर्दैछ ।
नेपालको प्लेईङ-११
कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, रिजन ढकाल, ललितनारायण राजवंशी र सन्दीप लामिछाने
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]