default_image

4 months ago

November 4, 2024

इङ्ग्ल्याण्डका म्याट पोखराबाट एनपिएल खेल्ने

1543 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा इङ्ग्ल्याण्डका अलराउन्डर म्याट क्रिचलीले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

पोखराले चौथो विदेशी खेलाडीको रुपमा म्याटलाई टोलीमा अनुबन्ध गरेको हो । चार विदेशी खेलाडीको न्युनतम कोटा पूरा गर्ने पोखरा पहिलो टोली हो ।

पोखराले पहिलो विदेशी खेलाडीमा अमेरिकाका क्रिकेट आन्द्रेस गौस, दोस्रो खेलाडीमा नेदरल्याण्ड्सका अलराउण्डर बास डि लिडे तथा तेस्रो खेलाडीका रुपमा वेस्ट इन्डिजका एन्डरसन फिलिपलाई अनुबन्ध गरेको थियो ।

२८ वर्षिय म्याटले १ सय ४१ टि ट्वान्टी खेलमा १ हजार ९ सय ७३ रन तथा १ सय २० विकेट लिएका छन् । असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा पोखरा लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।

पोखरा एभेन्जर्स टिम

कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्र्देश गौस, बास डि लिडे, एन्डरसन फिलिप र म्याट क्रिचली

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.