4 months ago
November 4, 2024
एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानलाई पहिलो ओडिआईमा सोमवार २ विकेटले हराएको छ ।
३ ओडिआई सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता बनाएको छ । २ सय ४ रनको लक्ष्य घरेलु टोलीले ३३.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
अस्ट्रेलियाका विकेटकिपर जोस इङ्ग्लिसले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४९ तथा स्टेभन स्मिथले ४६ बलमा ६ चौकाको सहयोगमा ४४ रन बनाए ।
कप्तान प्याट कमिन्सले ३१ बलमा ३२, ज्याक फ्रेर्जर र मार्नोस लाबुस्सेनले समान १६ तथा सन एवटले १३ रन जोडे ।
पाकिस्तानका हरिस रउफले ३, शाहिन शाह अफ्रिदीले २ तथा नसिम शाह र मोहम्मद हुसैनले समान १ विकेट लिए ।
त्यसअघि मेलबर्न क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोली ४६.४ ओभरमा अल आउट हुदै २ सय ३ रनको योगफल तयार गरेको थियो ।
पाकिस्तानी टोलीको पहिलो पटक कप्तानी गरिरहेका मोहम्मद रिजवानले ७१ बलमा २ चौका र १ छक्काको सहयोगमा ४४ तथा बाबर अजामले ४४ बलमा ४ चौकाको सहयोगमा ३७ रन बनाए ।
नसिम शाहले ३९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४०, शाहिन शाह अफ्रिदीले १९ बलमा २४ तथा इर्फान खानले ३५ बलमा २२ रन जोडेका थिए ।
घरेलु टोलीका लागि मिचेल स्टार्कले ३, कप्तान प्याट कमिन्स र एडम जाम्पाले समान २ तथा मार्नुस लाबुस्सेन र सन एबटले समान १ विकेट लिए । दुई देशबीचको दोस्रो ओडिआई खेल शुक्रवार हुनेछ ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]