4 months ago
November 4, 2024
डालस, (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले सोमबार स्कटल्यान्डसँग खेल्ने खेल वर्षाको कारण प्रभावित हुने सम्भावना छ । खेल स्थानीय समय अनुसार बिहान साढे १० बजे (नेपाली राती १०ः१५) मा ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा हुनेछ ।
सोमबार डालसको मौसम अमेरिकी समय बिहान १० बजे ६० प्रतिशत वर्षा हुनसक्ने सम्भावना छ । ११ बजे ८० प्रतिशत वर्षाको सम्भावना छ । त्यस्तै दिउँसो १२ बजे ९० प्रतिशतसम्म वर्षा हुनसक्ने देखिन्छ । दिउँसो १ बजे भने शतप्रतिशत वर्षाको सम्भावना छ । त्यसपछि भने विस्तारै घट्दै जानेछ ।
दिउँसो २ बजे ९० प्रतिशत, ३ बजे ८० प्रतिशत र ४ बजे ५० प्रतिशत वर्षाको सम्भावना छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म वर्षाको सम्भावना हुँदा खेल हुने सम्भावना कम देखिन्छ । उक्त समयमा खेल नहुँदा नतिजा आउन मुश्किल पर्छ । किनभने नतिजा निकाल्न दोस्रो टोलीले ओडीआईमा कम्तिमा २० ओभर खेलेको हुनुपर्छ । त्यो सम्भावना पनि कम छ । त्यसैले दुबै टोलीले १-१ बाड्न सक्ने सम्भावना देखिन्छ ।
स्कटल्यान्डलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो । स्कटल्यान्डलाई हराउँदा नेपालले टस जितेर बलिङ गर्दै १५४ रनमा अल आउट गरेको थियो । दोसो खेलमा पनि टस महत्वपूर्ण हुनेछ । आइतबार डालसमा हल्ला वर्षा भएको थियो ।
नेपाल अमेरिकासँग ३ विकेट र ३७ रनले पराजित भएको थियो । नेपाल लिग २ मा ११ खेलमा २ मा जित, ८ खेलमा हार र १ खेल वर्षाको कारण रद्द हुँदा ५ अंकका साथ सातौं स्थानमाछ ।
१२-१२ खेलमा समान १६ अंक भएपनि नेटरनरेटका कारण अमेरिका पहिलो र क्यानडा दोस्रो स्थानमा छन् । ८ टोली सहभागी लिग २ का शीर्ष चार टोली २०२७ को सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]