4 months ago
November 3, 2024
एजेन्सी – विश्व कप लिग टु को अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेदरल्याण्ड्समाथि जित हासिल गरेको छ ।
ओमानमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा आइतवार भएको खेलमा युएईले नेदरल्याण्ड्समाथि २६ रनको जित हात पार्यो ।
युएईले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४७.४ ओभरमा अल आउट हुदै २ सय १४ रन बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस र बास डि लिडेले अर्धशतक बनाए । लिडेले ८६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६६ तथा कप्तान एडवार्डसले ५७ बलमा ५१ रन बनाए ।
टिम भान डर गुग्टेनले २३ बलमा २२, शरिज अहमदले १७ तथा म्याक्स ओ डाउडले १५ रन बनाए । युएईका लागि अलि नासिरले ४ तथा जुनैद सिद्धिकीले ३ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । युएईका लागि कप्तान राहुल चोपरा र धुव्र परासरले अर्धशतक बनाए । चोपराले ६७ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ७८ तथा परासरले ४८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडेका थिए ।
ओपनर तनिश सुरीले ३९ बलमा २५, मोहम्मद वासिम र वृत्य अरविन्दले समान १८, विष्नु सुकुमारनले ५० बलमा १९ तथा राहुल भाटीयाले नट आउट ८ रन बनाएका थिए ।
नेदरल्याण्ड्सका लागि पल भान मिकरेन र रोलेफ भान डर मिर्वले समान २ तथा टिम भान डर गुग्टेन, आर्यन दत्त, बास डि लिडे र शरिज अहमदले समान १ विकेट लिए ।
लिग टु को नवौं खेलमा दोस्रो जित हात पारेको युएई ४ अंकका साथ तालिकाको पुछारमा छ । समान खेलमा १२ अंक बनाएको नेदरल्याण्ड्स चौथो स्थानमा छ ।
नेपाल भने ११ खेलमा २ जितका साथ पुछारबाट दोस्रो स्थानमा छ । लिग टु अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा सोमवार नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]