default_image

4 months ago

November 3, 2024

हङकङ सिक्सेस – युएईले नेपाललाई हरायो

3165 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा जारी सिक्सेसमा युएईसँग नेपाललाई पराजित भएको छ । प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो ।

९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । युएईका आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन जोडे । खालिद शाहले ७ बलमा १५ रन बनाए ।

नेपालका लागि राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।

नेपालका विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्काको सहयोगमा नट आउट ४९ रन जोडे । लोकेश बमले १० बलमा १९, प्रतिश जिशीले ४ बलमा १४ तथा कप्तान सन्दीप जोराले ४ बलमा ७ रन बनाए ।

युएईका लागि आकिफ राजाले २ तथा सचिंत शर्माले १ विकेट लिए ।

युएईले दिउँसो १ः३५ बजे दक्षिण अफ्रिकासँग प्लेट फाइनलमा खेल्नेछ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.