4 months ago
November 3, 2024
डालस (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् ।
शनिवार राति आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा यो कीर्तिमान बनेको हो ।
उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा सर्वाधिक रन सोमपाल कामीले खर्चिएका थिए ।
सोमपालले गतवर्ष एकदिवसीय एसिया कपमा पाकिस्तानविरुद्ध १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिएका थिए ।
सोमपालले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध टीयुमा ८१ रन खर्चेका थिए । करण केसीले २०२३ जुनमा वेष्टइण्डिजविरुद्ध १० ओभरमा ८१ रन खर्चेका थिए । सन्दीप लामिछानेले २०२२ मा लिग २ मा युएईविरुद्ध ८० रन दिएका थिए ।
ओडीआई इतिहासमै भने एकै खेलमा सर्वाधिक रन नेदरल्यान्ड्सका बास डि लिडेले खर्चेका छन् । लिडेले २०२३ को विश्वकपमा अष्टेलियाविरुद्ध १० ओभरमा २ विकेट लिदै १ सय १५ रन खर्चेका थिए ।
नेपाल अमेरिकासँग ३७ रनले पराजित भएकोछ । ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो ।
ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडेका थिए । नेपालले अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]