default_image

4 months ago

November 3, 2024

नेपाल अमेरिकासँग फेरि पराजित

2988 views

0 Bookmark

डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

जित्नलाई २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे ।

नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमायो । जसदीप सिंहको स्वींग बलमा उनी बोल्ड भए । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरे।

स्पिनर हरमीत सिंहलाई स्वीप सट खेल्ने धुनमा कुशल भुर्तेल २९ रनमा बोल्ड आउट भए । त्यसपछि कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्शन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए ।

तल्लोक्रममा सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले पनि जित्न पर्याप्त रहेन । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए ।

अमेरिकाका सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली २-२ तथा जसदीप सिंह र हरमीत सिंहले १-१ विकेट लिए ।

त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।

अमेरिकाका युवा ब्याटर साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।

कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र तेस्रो नम्बरका ब्याटर आरोन जोन्स २६ रनमा आउट हुँदा अमेरिका १२ ओभरमा ६४/२ को अवस्थामा थियो ।

तेस्रो विकेटलाई मोनांक पटेल र साइतेजा मकामल्लाले ८८ रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए ।
तल्लोक्रममा हरमीत सिंहले ४४ बलमा ३ चौका र ३ छक्कासहित ५९ रनको आक्रामक इनिङ खेले ।

नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अव अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमवार खेल्नेछ ।

नेपालल लिग २ मा ११ खेलमा २ मा जित र ८ मा हारसहित ५ अंकका साथ सातौं स्थानमा छ । अमेरिका १२ खेलमा ८ मा जितसहित १६ अंकका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.