4 months ago
November 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सन्तोष यादवको अलराउन्ड प्रदर्शनको सहयोगमा नरेश श्रेष्ठ स्मृती यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
पाँचौ खेलमा जितको यात्रा जारी राख्ने क्रममा लुम्बिनीले शनिवार गण्डकी प्रदेशमाथि ५ विकेटको जित हात पार्यो ।
खराब मौसमका कारण ढिला सुरु भएको कारण खेल २७ ओभरमा घटाइएको थियो । ८७ रनको लक्ष्य लुम्बिनीले २२.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा सन्तोष यादवले ५१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन जोडे । दर्श सोनारले ३१ बलमा १४ तथा विजय कोहरले १४ रन जोडे ।
गण्डकीका अपराजित पौडेल र सिब्रिन पौडेलले समान २ तथा सुदिप अर्यालले १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २७ ओभरमा ९ विकेट गुमाएर ८६ रनको योगफल तयार गरेको थियो ।
गण्डकीका सोहल कुँवरले ३४ बलमा सर्वाधिक २५ तथा सुजन गौतमले १२ रन जोडे ।
लुम्बिनीका लागि आकाश त्रिपाटी र सन्तोष यादवले समान ३ तथा निर्मल गुरुङ र रमेश कुर्मीले समान १ विकेट लिए ।
पाँचौ खेलमा १० अंक साथ लुम्बिनी शीर्ष स्थानमा छ । गण्डकी भने ५ खेलमा ४ अंकका साथ चौथो स्थानमा छ ।
कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]