default_image

4 months ago

November 2, 2024

दीपकको ५ विकेटमा बागमतीले कोशीलाई हरायो

514 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – दीपक सेरलाको ५ विकेटको सहयोगमा बागमती प्रदेशले विराटनगरमा जारी नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ ।

चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा शनिवार बागमतीले कोशीलाई ७० रनले पराजित गर्यो ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको कोशीले २९.५ ओभरमा अल आउट हुँदै १ सय ११ रन मात्र बनायो ।

कोशीका सोनु अन्सारीले सर्वाधिक ३० तथा कृतिक कामतले २६ रन बनाए । बागमतीका लागि दिपकले १० ओभरमा २० रन खर्चिएर ५ विकेट लिए । दयानन्द मण्डल र राजेश बोहराले समान २ तथा संगम सेढाईले १ विकेट लिए ।

त्यसअघि गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४८.३ ओभरमा अल आउट हुँदै १ सय ८१ रन जोडे । बागमतीका कप्तान उत्तम थापा र सार्थक धितालले समान ३५ तथा अथर्भ पौडेलले २३ रन जोडे ।

४ खेलमा ४ अंकका साथ बागमती चौथो स्थानमा छ । ५ खेलमा २ अंक जोडेको कोशी छैठौं स्थानमा छ ।

कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.