4 months ago
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – २०औं द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा शनिवार अस्ट्रेलियाको सामना गर्दैछ ।
खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार शनिवार बिहान ६ः१५ बजे सुरु हुनेछ । १ पटकको च्याम्पियन अस्ट्रेलियासॅंग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो ।
खेलमा अस्ट्रेलियाको कप्तानी अलराउन्डर ड्यान क्रिस्टियनले गर्नेछन् । नेपाली टोली सन्दीप जोराको कप्तानीमा रहेको छ ।
पहिलो खेलमा दुवै टोलीले इङ्ग्ल्याण्डलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । नेपालले क्वाटरफाइनलमा शनिवार श्रीलंकाको सामना गर्नेछ ।
नेपाल र अस्ट्रेलियाको खेलबाट समूह विजेता र उप विजेताको टुंगो लाग्नेछ । खेलको जित्ने टोली समूह विजेता र पराजित हुने टोली उप विजेता हुनेछन् ।
प्रतियोगितामा नेपाल समूह बी मा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ छन्।
समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।
नेपाली टोली – सन्दीप जोरा(कप्तान), लोकेश बम, नारायण जोशी, दिपेन्द्र रावत, प्रतिस जिशी, राशिद खान र विवेक यादव
मुख्य प्रशिक्षक – ज्ञानेन्द्र मल्ल
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]