4 months ago
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विराटनगरमा जारी नरेश श्रेष्ठ यु १९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशले जित हासिल गरेका छन् ।
सुदूरपश्चिमले प्रतियोगितामा लगातार तेस्रो खेलमा जित हात पार्दा कोशीले पहिलो जित निकालेको छ ।
शुक्रवार भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११ रनले पराजित गर्दा कोशीले कर्णाली प्रदेशमाथि १ सय १८ रनको जित निकालेको हो ।
सुदूरपश्चिमले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको मधेशले ४३.४ ओभरमा १ सय ८ रन बनाउँदै अल आउट भयो ।
मधेशका ओपनर मयन यादवले ८३ बलमा सर्वाधिक ४७, इमरान शेख र शैलेन्द्र शाहले समान १० रन बनाए । सुदूरका नरेन साउदले ४ तथा हेमन्त धामीले २ विकेट लिए ।
त्यसअघि गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो सुदूरपश्चिमले ४२ ओभरमा अल आउट हुदै १ सय १९ रन बनाए ।
सुदूरका नरेन भट्टले ९५ बलमा १ चौका र १ छक्काको सहयोगमा ४४ तथा युवराज खत्री ६६ बलमा २५ रन बनाए । आशिष लोहारले १० रन बनाउँदा सुदूरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
सुदूरले लगातार तेस्रो जितका साथ ६ अंकका साथ दोस्रो स्थानमा छ । मधेश भने ४ अंकका साथ चौथो स्थानमा छ ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]