default_image

4 months ago

November 1, 2024

पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपिएल खेल्ने

1158 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानका क्रिकेटर मोहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।

जनकपुरले तेस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर मोहसिनलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको छ ।

जनपुरले पहिलो विदेशी विदेशी खेलाडीका रुपमा न्युजिल्याण्डका जिमी निशम र दोस्रो खेलाडीमा अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्पलाई टोलीमा अनुबन्ध गरेको थियो ।

२८ वर्षिय मोहसिनले हालसम्म पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका छैनन् । ३० टि ट्वान्टी खेलेका मोहसिनले १ सय ७९ रन तथा २२ विकेट लिएका छन् । उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग तथा अमेरिकाको मेजर क्रिकेट लिग खेलिसकेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।

असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा जनकपुर लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।

जनकपुर बोल्ट्सको टोली

आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम, जोशुवा ट्रम्प र मोहम्मद मोहसिन।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.