5 months ago
October 31, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को अघि हुने खेलाडी रिटेलमा दिल्ली क्यापिटल्सले कप्तान रिडभ पन्तलाई समावेश गरिएको छ ।
इएसपिएन क्रिकइन्फोका अनुसार दिल्लीको व्यवस्थापन र रिषभबीच सहमती हुन नसकेपछि उनी टोलीको रिटेन हुने खेलाडीको सुचीमा परेनन्।
दिल्लीले भारतीय स्पिनरद्वय अक्षर पटेल र कुलदीप यादव, विकेटकिपर ब्याटर अभिषेक पोरेल तथा दक्षिण अफ्रिकाका ब्याटर ट्रिस्टन स्टब्सलाई रिटेन गर्ने भएको छ ।
यसका साथै अक्सनमा दिल्लीसँग दुई राइट टु म्याच (आरटिएम) कार्डको विकल्प हुनेछन् । दिल्लीको व्यवस्थापनले आरटिएम कार्ड मार्फत रिषभलाई टिममा फिर्ताको प्रयास गर्नेछ ।
रिषभ सन् २०१६ को आइपिएलबाट दिल्लीमा फ्रेन्चाइजमा सामेल भएका थिए । २०२२ बाट टोलीको कप्तानी सम्हाल्नुका साथै प्रमुख खेलाडीको रुपमा रिषभ रहेका थिए ।
दिल्लीले अक्सन मार्फत रिषभलाई टोलीमा फिर्ता ल्याउन सकेन भने नयाँ कप्तानको विकल्प खोज्नुपर्ने छ। रिटेन्सनमा करिब ४७ करोड भारु खर्च गरेको दिल्लीसँग अक्सनका लागि करिब ७३ करोड भारु हुनेछ।
रिषभ, कुलदीप, अक्षर र पोरेल सबैलाई पछिल्लो पटक दिल्लीले रिटेन गरेको थियो । दिल्लीले २०२४ को अक्सनबाट स्टब्सलाई ५० लाख भारुमा किनेको थियो।
रिटेन्सनको औपचारिक जानकारी भने बिहीवार साँझ हुनेछ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]