default_image

5 months ago

October 31, 2024

धोनी सहित ५ खेलाडी रिटेन गर्दै चेन्नई

3304 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले पूर्व कप्तान महेन्द्रसिंह धोनी सहित कप्तान ऋतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुबे र श्रीलंकाका तीव्र गतिका बलर माथिशा पाथिरानालाई रिटेन गरेको छ ।

इन्डियन प्रिमियर लिग(आइपिएल) का लागि चेन्नईले रिटेन गर्ने खेलाडीको नाम बाहिर आएको हो । रिटेन खेलाडीको अन्तिम जानकारी आज बेलुकासम्म आउने बताइएको छ।

चेन्नईले प्रत्येक रिटेन खेलाडीलाई कति रकममा रिटेन गरेको एकिन भएको छैन । चेन्नईले आफ्नो कुल १ सय २० करोड भारुबाट कम्तिमा रिटेनमा ६५ करोड गुमाउनेछ । ५ रिटेन्सनले चेन्नईले अक्सनमा एक राइट-टु-म्याचको विकल्प रहने छ ।

आइपिएलले ५ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका खेलाडीलाई अनक्याप्ड श्रेणीमा रिटेन गर्न पाउने नियम ल्याएपछि ४३ वर्षीय धोनीलाई रिटेन गरिएको हो । उनले सन् २०१९ को ओडिआई विश्वकपपछि भारतका लागि खेलेका छैनन् ।

बिहीवार १० फ्रेन्चाइजीले आइपिएलमा रिटेन खेलाडीको सूची बुझाउनु पर्नेछ । २०२५ को सिजनअघि हुने मेगा अक्सनमा टिमले ६ जनासम्म खेलाडी रिटेन गर्न पाउने छन् । जसमध्ये बढीमा ५ जना अन्तर्राष्ट्रिय र एक जना अनक्याप्ड खेलाडी हुन सक्नेछन् ।

आइपिएलले रिटेन हुने पहिलो खेलाडीलाई १८ करोड , दोस्रोलाई १४ करोड , तेस्रोलाई ११ करोड, चौथोलाई १८ करोड भारु, पाँचौंका लागि १४ करोड र अनक्याप्ड खेलाडीलाई ४ करोड भारु खर्च गर्न पाउने व्यवस्था गरेको छ।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.