4 months ago
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले अफगानिस्तानका लिजेन्ड अलराउन्डर मोहम्मद नावीका छोरालाई अनुबन्ध गरेको छ ।
टोलीका तेस्रो विदेशी खेलाडी रुपमा चितवनले हसन इसाखिललाई अनुबन्ध गरेको बुधवार विज्ञप्तीमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांगलाई अनुबन्ध गरेको थियो । दोस्रो विदेशी खेलाडीका रुपमा इङ्ग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको थियो ।
इसाखिलले यसै वर्ष जनवरीमा दक्षिण अफ्रिकामा भएको यु १९ विश्व कपमा अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए । १८ वर्षिय इसाखिलले १६ टि ट्वान्टी आई ४ सय २६ रन बनाएका छन् ।
चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको इसाखिलले बताएका छन् । ‘नेपाली समर्थकले माझ आफ्नो प्रदर्शन देखाउन आतुर छु,’ उनले भनेका छन्।
चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानले इसाखिलको आगमनले चितवनमा उर्जा थपिने विश्वास व्यक्त गरे । चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । एनपिएलमा ८ टिमको सहभागिता रहेको छ । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :
पोखरा एभेन्लेजर्स : अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप
कर्णाली याक्स : पाकिस्तानका हुसेन तलात र हङकङका बाबर हायात
सुदूरपश्चिम रोयल्स : स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इङ्ग्ल्यान्डका सेफ जेब र न्युजिल्याण्डका स्टक कुगेलेइन
लुम्बिनी लायन्स : इङ्ग्ल्यान्डका ब्याटर टम मुर्स र अस्ट्रेलियाका बेन कटिङ
काठमाडौं गुर्खाज : नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरास्मस
विराटनगर किंग्स : ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन र न्युजिल्याण्डका मार्टिन गप्टिल
जनकपुर बोल्ट्स : न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प
चितवन राइनोज : दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग र इङ्ग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन
चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, मार्चन्ट डे लांग र हसन इसाखिल
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]