4 months ago
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – न्युजिल्याण्डका ओपनर ब्याटर मार्टिन गप्टिलले पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।
विराटनगरले गप्टिललाई तेस्रो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको बुधवार सामाजिक संजाल मार्फत जनाएको छ ।
ओमानका कप्तान अकिब इल्यास विराटनगरमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् । दोस्रो विदेशी खेलाडीका रुपमा टोलीले सोमवार मात्रै क्यानडाका कप्तान निकोलस किर्तनलाई अनुबन्ध गरेको थियो ।
गप्टिलले न्युजिल्याण्डका तीनै फर्म्याट खेलेका छन् । मार्टिनले ३ सय ४७ टि ट्वान्टी खेल्दै ९ हजार ७ सय ७ रन बनाएका छन् ।
गप्टिलले विश्वका चर्चित फ्रेन्चाइज लिगको अनुभव लिएका छन् । ओडिआई विश् कपमा गप्टिलले सर्वाधिक व्यक्तिगत रन बनाएका छन् । सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध उनले नट आउट २ सय ३७ रन बनाएका थिए ।
विराटनगरले केही साता अघि मात्र आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पहिलो संस्करणको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुदैछ । विराटनगरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने छन् ।
हरेक टोलीले आफ्नो अनुकुलका ४ विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।
विराटनगर किङ्स टोली
सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन र मार्टिन गप्टिल।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]