4 months ago
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्याब्रिन श्रेष्ठको अलराउन्ड प्रदर्शनमा गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ ।
तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा गण्डकीले बुधवार भएको खेलमा कोशी प्रदेशमाथि १ सय १४ रनको फराकिलो जित हात पार्यो ।
गण्डकीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको कोशीले ९४ रन मात्र बनाउँन सक्यो । कोशीका लागि ओपनर सोनु अन्सारीले ४० बलमा सर्वाधिक ३४, भुपाल दगांलले ३७ बलमा १९ तथा फैजल रहमानले ११ रन जोडे । कुनै विकेट नगुमाई ५६ रन जोडेको कोशीले ३८ रन जोड्दा बाँकी रहेको १० विकेट गुमाएको थियो । गण्डकीका लागि कप्तान अर्जुन कुमालले ४, अपराजित पौडेलले ३ तथा क्याब्रिन श्रेष्ठले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो । गण्डकीका लागि क्याब्रिनले ७७ बलमा ५ चौका र २ छक्काकोसहयोगमा ५३, कप्तान अर्जुन कुमालले ७५ बलमा ४६, सोहेल कुँवरले ३३ तथा सुदिप अर्यालले २२ रन जोडे । कोशीका लागि रोशन शाहले ४ तथा विपिन महतोले ३ विकेट लिए ।
३ खेलमा २ मा जित र १ मा हार सहित गण्डकी दोस्रो स्थानमा उक्लिएको छ । लगातार तीन हार बेहोरेको कोशी अंक बिहिन रहेको छ । कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]