4 months ago
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सन्तोष यादवको सानदार बलिङको सहयोगमा लुम्बिनी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
तेस्रो खेलमा लगातार जित हात पारेको लुम्बिनीले बुधवार भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको हो । विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा भएको खेलमा कर्णाली ४ विकेटले पराजित भयो । कर्णालीले लिएको १ सय रनको लक्ष्य लुम्बिनीले २६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा दर्श साोनार र नर सार्किले समान २०, सन्तोष यादवले १७, कप्तान आकाश त्रिपाटीले १४ तथा ओपनर सम्राट भुषालले १२ रन जोडे । कर्णालीका लागि अनुज चनारा र युनिस ठकुरीले समान २ तथा विपिन शर्मा र दिप पौडेलले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३७.३ ओभरमा अल आउट हुदै ९९ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि ओपनर अरविन्द घर्तीले सर्वाधिक २०, भुपेन्द्र शाहीले १९ तथा अनिरुद्ध कावरले १५ रन बनाए । लुम्बिनीका लागि सन्तोषले १० ओभरमा १९ रन खर्चिएर ६ विकेट लिए । रमेश कुर्मीले २ तथा महेश भार र निर्मल गुरुङले समान १ विकेट लिए ।
लगातार ३ खेल जितेको लुम्बिनी ६ अंकका साथ शीर्ष स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको कर्णालीले अंक जोड्न सकेको छैन । कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]