default_image

4 months ago

October 30, 2024

न्युजिल्याण्डका स्कट सुदूरपश्चिममा अनुबन्ध

1170 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – न्युजिल्याण्डका तीव्रगतिका बलर स्कट कुगेलेइन पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

सुदूरपश्चिमले तेस्रो विदेशी खेलाडीको रुपमा स्कटलाई टोलीमा अनुबन्ध गरेको बुधवार सामाजिक संजालमार्फत जनाएको छ । यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

३२ वर्षिय स्कटले हालसम्म न्युजिल्याण्डका लागि ३ टेस्ट, २ ओडिआई र १८ टि ट्वान्टी आईमा २७ विकेट लिएका छन् । स्कटले आइपिएल तथा सिपीएल जस्ता लिगको अनुभव लिईसकेका छन् । उनले १ सय ६२ टि ट्वान्टीमा १ सय ६८ विकेट लिएका छन् । स्कटले ब्याटिङको क्षमता पनि राख्दछन् ।

एनपिएलमा ८ टिमको सहभागीता रहेको छ । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । जेब एनपिएलमा अनुबन्ध हुने दशौं विदेशी खेलाडी हुन् ।

विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन्

पोखरा एभेन्लेजर्स : अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप,

कर्णाली याक्स : पाकिस्तानका हुसेन तलात र हङकङका बाबर हायात

सुदूरपश्चिम रोयल्स : स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ल्यान्डका सेफ जेब

लुम्बिनी लायन्स : इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टोम मुर्स र अस्ट्रेलियाका बेन कटिङ

काठमाडौं गुर्खाज : नेदरल्यान्ड्स ब्याटर माइकल लेभिट र नामिबियाका कप्तान जेहार्ड एरास्मस

विराटनगर किंग्स : ओमानका कप्तान अकिब इल्यास र क्यानडाका कप्तान निकोलस किर्तन

जनकपुर बोल्ट्स : न्युजिल्याण्डका अलराउण्डर जिमी निशम र अमेरिकाका जोशुवा ट्रम्प

चितवन राइनोज : मार्चन्ट डे लांग र इङ्ग्ल्यान्ड अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइन

सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ।

टोलीको‌ मार्की खेलाडीमा दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।

सुदूरपश्चिम रोयल्सको टोली – दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ जेब र स्कट कुगेलेइन ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.