default_image

4 months ago

October 30, 2024

हङकङका बाबर कर्णाली याक्समा अनुबन्ध

668 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) का लागि हङकङका क्रिकेटर बाबर हायातलाई अनुबन्ध गरेको छ ।

कर्णालीले दोस्रो विदेशी खेलाडीको रुपमा बाबरलाई टोलीमा अनुबन्ध गरेको याक्सले बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । पहिलो विदेशी खेलाडीका रुपमा याक्सले पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई टोलीमा अनुबन्ध गरेको थियो ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।

३२ बर्षिय बाबरले हङकङका लागि २२ ओडिआई तथा ७९ टि ट्वान्टी आईमा २ हजार ६ सय ९४ रन बनाएका छन् । उनले सन् २०१४ मा नेपालविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

बाबरले यसअघि नेपालमा भएका सबै फ्रेन्चाइज लिगको अनुभव लिईसकेका छन् ।

कर्णाली याक्सको टोली

सोमपाल कामी, गुलशन झा, देव खनाल, नन्दन यावद, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे, हुसैन तलात र बाबर हायात

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.