default_image

4 months ago

October 30, 2024

आरिफ बने प्लेयर अफ द म्याच

1534 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालका आरिफ शेख प्लेयर अफ द म्याच बनेका छन् ।

बुधवार बिहान स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको खेलमा आरिफ प्लेयर अफ द म्याच बनेका हुन् ।

करिब ८ महिना पछि पहिलो ओडिआई जितेको नेपालका लागि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रबाट राम्रो प्रदर्शन गरेका आरिफले यो अवार्ड जित्न सफल भएका हुन् ।

ओडिआई करियरमा उनको यो दोस्रो प्लेयर अफ द म्याच अवार्ड हो । यसअघि सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध उनले पहिलो प्लेयर अफ द म्याच अवार्ड जितेका थिए ।

स्कटल्याण्डविरुद्ध ब्याटिङमा आरिफले ओडिआई करियरको सातौं अर्धशतक पुरा गर्ने क्रममा ४२ बलमा ८ चौकाको सहयोमा नट आउट रहँदै ५१ रन जोडेका थिए । बलिङमा एक विकेट लिएका आरिफले माइकल जोन्सलाई १९ रनमा आउट गराएका थिए । कप्तान रिची बेरिंटन र ब्राड होललाई क्याच आउट गराएका थिए ।

१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.