4 months ago
October 30, 2024
डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग -२ मा ८ महिनापछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।
यसअघि नेपालले खेलेका ९ मध्ये एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टियु क्रिकेट मैदानमा थियो ।
१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५० रनको अविजित इनिङ खेले ।
गुलशन झा ३० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे । छैटौं विकेटलाई यी दुई ब्याटरले ५१ बलमा ५७ रनको साझेदारी गरेका थिए ।
ओपनर अनिल साह १३, आसिफ शेख २१, कुशल मल्ल ७, कुशल भुर्तेल २५ र रोहित कुमार पौडेल १ रनमा आउट भए ।
नेपाललाई ओपनर अनिल र आसिफले ६.१ ओभरमा ३२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । अनिल ब्रेन्डन म्याकमुलेनको बलमा एलबिडब्लू आउट भए ।
ललित राजवंशीको स्थानमा खेल्ने मौका पाएका कुशल मल्ललाई ब्राण्ड कुरीले एलबीडब्लू आउट गरे । आसिफ शेख मार्क वाटको बलमा बोल्ड आउट भए । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले २, ब्राण्ड कुरी, मार्क वाट र ज्याक जार्विसले १-१ विकेट लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४१.४ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाएका थिए ।
तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर चार्ली टिअरलाई स्कटल्यान्डले खाता नखोल्दै बोल्ड आउट गरेका थिए । सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा ओपनर एन्ड्रयू उमिदलाई १४ रनमा बोल्ड आउट गरे ।
ब्रेन्डन म्याकमुलेन १२ औं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेको बलमा १६ रनमा एलबिडब्लू आउट भए । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन र माइकल जोन्स समान १९ रनमा आउट भए ।
माइकल लिस्क १४, म्याथ्यु क्रस १५ र ज्याक जार्विस शून्यमा आउट भए । नेपालका सन्दीपले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २ विकेट लिए । आरिफको नाममा १ विकेट रह्यो ।
नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । लिग २ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ । नेपालले अब शनिवार अमेरिका र सोमवार स्कटल्यान्डसँग खेल्नेछ ।
स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । ८ टोली सहभागी लिग २ मा शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]