default_image

4 months ago

October 30, 2024

नेपाललाई स्कटल्यान्डको सामान्य लक्ष्य

1608 views

0 Bookmark

डालस, (हाम्रो खेलकुद) – स्कटल्यान्डले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अल आउट भयो । स्कटल्यान्डका मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।

स्कटल्यान्डको सुरुवात नै राम्रो हुन सकेन । तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर चार्ली टिअरलाई स्कटल्यान्डले खाता नखोल्दै बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि एन्ड्रयु उमिद र ब्रेन्डनले २६ रनको साझेदारी गरेका थिए ।

सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा ओपनर एन्ड्रयू उमिदलाई १४ रनमा बोल्ड आउट गरे । उनले १९ बलमा ३ चौका हानेका थिए । पछिल्लो खेलमा अमेरिकाविरुद्ध ९८ रनको अविजित इनिङ खेलेका थिए ।

ब्रेन्डन म्याकमुलेन १२ औं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेको बलमा १६ रनमा एलबीडब्लू आउट भए । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन र माइकल जोन्स समान १९ रनमा आउट भए । जोन्स आरिफ शेखको बलमा ठूलो सट खेल्ने धुनमा कप्तान रोहित पौडेलबाट २२ औं ओभरको चौथो बलमा क्याच आउट भए ।

लगत्तै अर्को ओभरमा गुल्सन झाको बलमा कट खेल्ने धुनमा रिची बेरिंग्टन आरिफ शेखबाट क्याच आउट भएपछि स्कटल्यान्ड २२.४ ओभरमा ७०-५ को दयनीय अवस्थामा पुगेको हो ।

माइकल लिस्क १४, म्याथ्यु क्रस १५ र ज्याक जार्विस शून्यमा आउट भए । नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले २-२ विकेट लिए । आरिफ शेखको नाममा १ विकेट रह्यो ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.