default_image

4 months ago

October 29, 2024

नेपाली टोली हङकङ प्रस्थान

372 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – यसै साता सुरु हुने १९औं संस्करण द हङकङ क्रिकेट सिक्सेसमा सहभागी हुने नेपाली टोली मंगलवार त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले हङकङ सिक्सेसमा सहभागी हुने नेपाली टोलीको मंगलवार बिदाइ गरेको हो ।

कात्तिक १६ बाट १८ गतेसम्म हुने प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया र इङ्ग्ल्याण्ड छन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । नेपालले अस्ट्रेलियासँग कात्तिक १७ गते खेल्नेछ ।

प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ ।

समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई छन्। श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् ।

सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट ६ खेलाडी सहभागी हुनेछन् ।

नेपाली टोली

सन्दीप जोरा(कप्तान), राशिद खान, नारायण जोशी, लोकेश बम, दीपेन्द्र रावत, विवेक यादव र प्रतिस जिशी

मुख्य प्रशिक्षक : ज्ञानेन्द्र मल्ल

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.