4 months ago
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका क्रिकेटर बेन कटिङ पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।
लुम्बिनीले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउण्डर कटिङलाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । लुम्बिनीले यसअघि इङ्ग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्सलाई टोलीमा अनुबन्ध गरेको थियो ।
३७ वर्षिय कटिङले हालसम्म अस्ट्रेलियाका लागि ४ ओडिआई तथा ७ टि ट्वान्टी आई खेलेका छन् । कटिङले २ सय १२ टि ट्वान्टीमा २ हजार ९ सय २१ रन तथा १ सय ३७ विकेट लिएका छन् । कटिङले विश्वका चर्चित हरेक फ्रेन्चाईज लिगको अनुभव लिईसकेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले गत साता मात्र मुख्य प्रशिक्षकमा नन्दन फाडनिसलाई नियुक्ती गरेको थियो । एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :
पोखरा एभेन्लेजर्स : अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप,
कर्णाली याक्स : पाकिस्तानका हुसेन तलात
सुदूरपश्चिम रोयल्स : स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेब
लुम्बिनी लायन्स : इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टम मुर्स
काठमाडौं गुर्खाज : नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट, जेहार्ड एरास्मस
विराटनगर किंग्स : ओमानका कप्तान अकिब इल्यास , क्यानडाका कप्तान निकोलस कीर्तन
जनकपुर बोल्ट्स : जिमी निशम, अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्प
चितवन राइनोज : दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग, ल्यूक मार्टिन बेनकेन्स्टाइन
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा लुम्बिनी लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।
लुम्बिनी लायन्स टिम
रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स र बेन कटिङ
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]