default_image

3 hours ago

October 28, 2024

क्यानडाका कप्तान विराटनगरबाट खेल्ने

558 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडाका कप्तान निकोलस कीर्तनले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।

विराटनगरले क्यानडाका कप्तानलाई दोस्रो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको सोमवार सामाजिक संजाल मार्फत जनाएको छ । ओमानका कप्तान अकिब इल्यास विराटनगरमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् ।

्कीर्तनले क्यानडाका लागि १८ ओडिआई र २५ टि ट्वान्टी आई खेलेका छन् । उनले ओडिआई र टि ट्वान्टी आईमा गरेर १ हजार ६० रन बनाएका छन् । विराटनगरले केही साता अघि मात्र आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

पहिलो संस्करणको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुदैछ । विराटनगरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने छन् ।

हरेक टोलीले आफ्नो अनुकुलका ४ विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।

विराटनगरको टिम

सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास र निकोलस कीर्तन

October 28, 2024

नरेश मेमोरियल यु १९ क्रिकेट – बागमतीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नरेश मेमोरियल राष्ट्रिय यु १९ क्रिकेट प्रतियेगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा आफ्नो पहिलो खेलमा जित हात पार्ने क्रममा सोमवार भएको बागमतीले गण्डकी प्रदेशमाथि १ सय रनले हराएको छ। २ सय ३० रनको लक्ष्य पछ्याएको गण्डकीले ३६ ओभरमा अल आउट हुँदै हुदै १ सय २९ रन मात्र जोड्यो […]

October 28, 2024

लुम्बिनीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नरेश मेमोरियल राष्ट्रिय यु १९ क्रिकेट प्रतियेगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा सोमवार लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले हराएको छ। पहिलो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई पराजित गरेको थियो । १ सय ५७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३५.४ ओभरमा अल आउट हुँदै १ […]

October 28, 2024

इङ्ग्लिस अलराउन्डर ल्यूक चितवनबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले इङ्ग्लिस अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ । टोलीका दोस्रो विदेशी खेलाडी रुपमा चितवनले ल्यूकलाई अनुबन्ध गरेको आइतवार विज्ञप्तीमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांगलाई अनुबन्ध गरेको थियो । ल्यूकले यसै वर्ष […]

Success

Thank you for your time.