default_image

3 hours ago

October 28, 2024

लुम्बिनीको लगातार दोस्रो जित

364 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नरेश मेमोरियल राष्ट्रिय यु १९ क्रिकेट प्रतियेगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा सोमवार लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले हराएको छ। पहिलो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई पराजित गरेको थियो ।

१ सय ५७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३५.४ ओभरमा अल आउट हुँदै १ सय १५ रन मात्र जोड्यो ।

सुदूरपश्चिमका युवराज खत्रीले नट आउट रहँदै सर्वाधिक २२, कैलाश ऐरले २१, प्रकाश पाण्डे र नरेन भट्टले समान १३ तथा अभिषेक थापाले १० रन जोडे ।

लुम्बिनीका लागि रमेश कुर्मीले १० ओभरमा २५ रन खर्चिएर ५ विकेट लिए । सन्तोष यादवले ४ तथा आकाश त्रिपाटीले १ विकेट लिए ।

त्यसअघि विराटनगरमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३८.५ ओभरमा अल आउट हुदै १ सय ५६ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका दार्स सुनुवारले सर्वाधिक ३८, निर्मल गुरुङले नट आउट २७ तथा नर सार्कीले २५ रन जोडे । सुदूरपश्चिमका लागि कप्तान हेमन्त धामी, युवराज खत्री र अशोक धामीले समान ३ विकेट लिए ।

लुम्बिनी ४ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेल हारेको सुदूरपश्चिम अंक विहीन छ। कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

October 28, 2024

क्यानडाका कप्तान विराटनगरबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडाका कप्तान निकोलस कीर्तनले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले क्यानडाका कप्तानलाई दोस्रो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको सोमवार सामाजिक संजाल मार्फत जनाएको छ । ओमानका कप्तान अकिब इल्यास विराटनगरमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् । ्कीर्तनले क्यानडाका लागि १८ […]

October 28, 2024

नरेश मेमोरियल यु १९ क्रिकेट – बागमतीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नरेश मेमोरियल राष्ट्रिय यु १९ क्रिकेट प्रतियेगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा आफ्नो पहिलो खेलमा जित हात पार्ने क्रममा सोमवार भएको बागमतीले गण्डकी प्रदेशमाथि १ सय रनले हराएको छ। २ सय ३० रनको लक्ष्य पछ्याएको गण्डकीले ३६ ओभरमा अल आउट हुँदै हुदै १ सय २९ रन मात्र जोड्यो […]

October 28, 2024

इङ्ग्लिस अलराउन्डर ल्यूक चितवनबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले इङ्ग्लिस अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ । टोलीका दोस्रो विदेशी खेलाडी रुपमा चितवनले ल्यूकलाई अनुबन्ध गरेको आइतवार विज्ञप्तीमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांगलाई अनुबन्ध गरेको थियो । ल्यूकले यसै वर्ष […]

Success

Thank you for your time.