4 months ago
October 28, 2024
डालस, (हाम्रो खेलकुद) – पार्टटाइम लेग स्पिनर कुशल भुर्तेलको उत्कृष्ट बलिङसँगै नेपाल आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध खेलमा फर्किएकोछ ।
२८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३७ ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएकोछ । हरमित सिंह ७ र शाड्ली भान शाक्ली १ रनमा क्रिजमा छन् ।
अमेरिकाका शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेले । कप्तान मोनांक पटेल ७६ बलमा ५ चौकासहित ६२ रनमा आउट भए ।
अमेरिकाका ओपनर एन्ड्रिस गौसलाई सोमपाल कामीले एक रनमै एलबीडब्लू आउट आउट गरेका थिए । तर दोस्रो विकेटलाई मोनांक पटेल र शयानले १६१ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए ।
मानांकलाई २९ औं ओभरको पाँचौं बलमा ललित राजवंशीले बोल्ड आउट गर्दा अमेरिका १६५-२ को अवस्थामा थियो । त्यसपछि कुशल भुर्तेलले चार विकेट लिदै नेपाललाई खेलमा फर्काएका हुन् ।
उनले शतकधारी शयानलाई करण केसीबाट क्याच आउट गराए । त्यस्तै साइतेजा मुकामल्लालाई ११, मिलिन्द कुमारलाई ५ र सन्जय कृष्णमुर्तीलाई शून्यमा आउट गरे । कुशल भुर्तेलले ५ ओभरमा १९ रन खर्चेर ४ विकेट लिई सकेका छन् ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]