default_image

2 hours ago

October 27, 2024

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

1105 views

0 Bookmark

डालस (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध सुरुवाती १० ओभरमा उत्कृष्ट ब्याटिङ गरेको छ ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा आइतवार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ६३ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख ३३ बलमा ५ चौकासहित ३० रनमा क्रिजमा छन् । अनिल साह २७ बलमा ४ चौकासहित ३२ रनमा क्रिजमा छन् ।

अमेरिका तीन तीव्र गतिका बलर सौरभ नेत्रवालकर, जसदीप सिंह र शाड्ली भान शाक्लीले बलिङविरुद्ध नेपालका ओपनर खुलेर खेल्दै बलियो योगफलको संकेत दिएका छन् ।

October 27, 2024

दुबै ओपनरसँगै कुशल पनि आउट

डालस (हाम्रो खेलकुद) – नेपालका ओपनर अनिल साह र आसिफ शेख आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध राम्रो सुरुवात दिदै आउट भएका छन् । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २४.१ ओभरमा ३ विकेट गुमाउँदै १२१ रन बनाएको छ । अनिल ६२ बलमा ५ चौकासहित ५६ तथा […]

October 27, 2024

जीवनदानसँगै अनिलको अर्धशतक पूरा

डालस (हाम्रो खेलकुद) – नेपालका ओपनर अनिल साहले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अनिलले ५१ बलमा अर्धशतक प्रहार गरेका हुन् । अनिल ५४ बलमा ५ चौकासहित ५१ तथा कुशल भुर्तेल १३ बलमा ५ रनमा क्रिजमा छन् । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो […]

October 27, 2024

अमेरिकाविरुद्ध आसिफको अर्धशतक, नेपालको सानदार सुरुवात

डालस (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेखले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले ४६ बलमा ७ चौका र १ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । आसिफ ५० बलमा ५२ रनमा क्रिजमा छन् । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १५ […]

Success

Thank you for your time.