default_image

4 months ago

October 27, 2024

सन्तोषको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको विजयी सुरुवात

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन्तोष यादवको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले नरेश मेमोरियल राष्ट्रिय यु १९ क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सोमवार भएको खेलमा लुम्बिनी प्रदेशले ७५ रनको जित हात पार्यो । लुम्बिनीले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कोशीले २४.२ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाउन सक्यो । कोशीका लागि सोनु अन्सारीले १७, रोशन शाहले १३ तथा आषिश मगरले ११ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । लुम्बिनीका लागि महेश भार, रमेश कुर्मी र सन्तोष यादवले समान ३ विकेट लिए ।

त्यसअघि गिरीजा प्रसाद कोइराला क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४१.२ ओभरमा अल आउट हुदै १ सय ३५ रन बनाएको थियो । सन्तोष यादवले सर्वाधिक ३६, दिल्साद अलिले ३२, समिर अलिले १२ तथा कप्तान आकाश त्रिपाटीले ११ रन जोडे । कोशीका लागि प्रतिक पोखरेलले ३, विपिन महतो, सौजन्य घिमिरे र प्रेम कामतले समान २ तथा रोशन शाहले १ विकेट लिए ।

पहिलो खेलमा जित निकालेको लुम्बिनीको २ अंक भएको छ । दोस्रो खेलमा पनि पराजित कोशी अंक बिहीन रहेको छ । आजै भएको पहिलो खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई पराजित गरेको थियो । कार्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागीता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.