default_image

4 months ago

October 27, 2024

अपराजितको ५ विकेटमा गण्डकीको सानदार जित

488 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिन बलर अपराजित पौडेलको ५ विकेट सहयोगमा गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सोमवार प्रतियोगिताको आफ्नो पहिलो खेलमा गण्डकीले मधेश प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्यो ।

मधेशले दिएको ८३ रनको सामान्य लक्ष्य गण्डकीले १८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । गण्डकीको जितमा सोहिल कुवँरले ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा नट आउट ३४ रन बनाए । ओपनर अर्जुन कुमालले ४५ बलमा २४ तथा करन पगेंनीले १४ बलमा नट आउट ९ रन जोडे । मधेशका लागि जितेश मण्डलको नाममा १ विकेट रह्यो ।

त्यसअघि म्यारिवोन विराटनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३५.३ ओभरमा ८२ रन बनाउँदै अल आउट भयो । मधेशका लागि जितेश मण्डलले ५० बलमा ३२, निरज कुमार यादवले ३९ बलमा १८ तथा मयन यादवले १३ रन जोडेका थिए । गण्डकीका लागि अपराजितले १० ओभरमा १७ रन खर्चिएर ५ विकेट लिन सफल भए । अश्विन थापाले २ तथा किरन भट्टराई र क्याब्रिन श्रेष्ठले समान १ विकेट लिए ।

पहिलो खेलमा जित हात पारेको गण्डकीको २ अंक भएको छ । दोस्रो खेलमा पहिलो हार बेहारेको मधेशको पनि समान अंक रहेको छ । कार्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागीता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.