4 months ago
October 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टू अन्तर्गतको त्रिदेशीय ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल आइतवार हुदैछ ।
खेल आइतवार नेपाली समयअनुसार बेलुका ९ः१५ मा टेक्सासस्थित ग्राण्ड प्रेरीमा हुदैछ । सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाका अलावा स्कटल्याण्डको पनि सहभागीता रहेको छ ।
नेपालले २०२७ सम्म चल्ने विश्व कप लिग टूमा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । यो नेपालको तेस्रो सिरिज हो । यस अघिका दुई सिरिजमा नेपालले ८ खेल खेलिसकेको छ । जसमा ६ मा हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अंकका साथ सातौं स्थानमा छ ।
अमेरिका भने ९ खेलमा ६ जित र ३ हारका साथ तालिकामा १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
नेपाल र अमेरिकाबीचको हेड टु हेड
नेपाल र अमेरिका हालसम्म ओडिआईमा ७ पटक आमने सामने भएका छन् । जसमा ४ खेलमा नेपालले जित हात पार्दा २ मा पराजित भएको छ । नेपाल र अमेरिकाबीचको १ खेल भने बराबरीमा सकिएको छ ।
नेपालले घरेलु भुमीमा अमेरिकाविरुद्ध खेलेको दुई खेलमा शतप्रतिशत जित निकालेको छ । अमेरिकाको घरेलु भुमीमा भने नेपालले १ खेलमा हार र १ मा बराबरीको नतिजा निकालेको थियो । तथस्ट भुमीमा भएको खेलमा भने नेपालले १ मा हार र २ मा जित निकालेको छ ।
नेपाल र अमेरिकाबीच भएको पछिल्लो खेलमा नेपालले जित हात पारेको थियो । जिम्बाब्वेमा गत वर्ष भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । सो खेलमा अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालको खेल तालिका :
कार्तिक ११ – अमेरिकाविरुद्ध नेपाल, ग्राण्ड प्रेरी रंगशाला (बेलुका ९ : १५ नेपाली समय अनुसार )
कार्तिक १३ – नेपालविरुद्ध स्कटल्यान्ड, ग्राण्ड प्रेरी रंगशाला ( बेलुका ९ : १५ नेपाली समय अनुसार)
कार्तिक १७ – अमेरिकाविरुद्ध नेपाल, ग्राण्ड प्रेरी रंगशाला ( बेलुका ९ : १५ नेपाली समय अनुसार)
कार्तिक १९ – नेपालविरुद्ध स्कटल्यान्ड, ग्राण्ड प्रेरी रंगशाला ( बेलुका ९ : १५ नेपाली समय अनुसार)
नेपालको टोली :
आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन साउद, देव खनाल (वैकल्पिक), सागर ढकाल (वैकल्पिक) ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]